Need Help ?
Call: +977- 076560011

जिल्लाको बारेमा

स्वागत छ जिल्ला शिक्षा कार्यालय कपिलवस्तु !!!

जिल्लाको संक्षिप्त परिचय

पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चलमा पर्ने गौतम वुद्धको क्रिडास्थल कपिलवस्तु जिल्ला २७० २५'उत्तर देखि २७० ८४' उत्तरी अक्षांश र ८२० ७५' पुर्व देखि ८३० १४ ' पुर्वी देशान्तरका वीचमा अवस्थित छ । कूल क्षेत्रफल १७३८०० हेक्टर अर्थात करीव १७३८ वर्ग कि.मी.रहेको यो जिल्लाको पुर्वमा रुपन्देही, पश्चिममा दाङ,दक्षिणमा भारत तथा उत्तरमा अर्घाखाँची जिल्ला पर्दछ ।

उत्तरमा चुरेपर्वतको श्रृंखलामा पर्ने चार कोषे झाडी र दक्षिणमा तर्राईको समथर भूमी तथा अनेकौं नदी नाला र अमूल्य वन सम्पदा तथा वन्य जन्तु प्रसस्त पाइने यो जिल्ला धार्मिक ऐतिहासिक एवं पुरातात्विक दृष्टिले पनि महत्वपुर्ण मानिन्छ । यस जिल्लाको घरधुरी संख्या ८२५९८ छ भने जम्मा जनसंख्या ४९८३८६ रहेको घरधुरी र्सर्वेक्षण ०६५ ले देखाएको छ ।

पृष्ठभुमी
यस जिल्लाको ७७ गा.वि.स.र १ न.पा.मा जम्मा ४०६ सामुदायिक र ६५ संस्थागत विद्यालय गरी जम्मा ४७१ विद्यालय सञ्चालनमा छन् जसमध्ये ३०८ प्रा.वि., ७२ नि.मा.वि., ५५ मा.वि. र ३६ उ.मा.वि.छन् । ५२८ बाल विकास केन्द्र तथा १३५ मदरसा एवं गुम्वा १ र आश्रम २ वटा सञ्चालनमा रहेका छन् । यस जिल्लामा स्नातकोत्तर तह सम्मको अध्ययन अध्यापन गर्ने १ र अन्य ७ समेत जम्मा ८ वटा क्याम्पस  सञ्चालनमा रहेका छन् ।
जिल्लाका सामुदायिक विद्यालयहरुमा प्रा.वि.दरवन्दी ९९६, नि.मा.वि. १५९ र मा.वि. १४० तथा प्रा.वि.,नि.मा.वि. मा.वि.र उच्च मा.वि.मा क्रमस ४२७, १००, ९५ र  ४९ वटा राहत दरवन्दीको व्यवस्था रहेको छ ।  
शिक्षामा गुणात्मकता कायम राख्न अनुगमन निरीक्षण र सुपरीवेक्षण पक्षमा विद्यालयहरुलाई सहयोग पु-याउने उद्धेश्यले जिल्लालाई १० वटा स्रोतकेन्द्र समूहमा विभाजन गरी स्रोतव्यक्तिहरुलाई स्रोतकेन्द्र विद्यालयकै प्रत्यक्ष नेतृत्वमा कामकाज गराइदै आएको छ भने ४ जना विद्यालय निरीक्षकहरुद्धारा स्रोतकेन्द्र एवं तत् अन्तरगतका विद्यालयहरुको निरीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
अनौपचारिक शिक्षा अभियान सञ्चालनका क्रममा लिइएको घर धुरी र्सर्वेक्षण २०६७को आधारमा १५ वर्षभन्दा माथि यस जिल्लाको साक्षरता  ५७.३ प्रतिशत रहेको देखिन्छ । समग्र विकासको सूचक वा साधन शिक्षा भएकोले औपचारिक र अनौपचारिक शिक्षाका विविध कार्यक्रम समेत यस जिल्लामा सञ्चालन हुदै आएका छन् ।