जिल्ला शिक्षा अधिकारी

(इकाई प्रमुख)
शिक्षा ज्ञान तथा सिप सिक्ने तथा सिकाउने पद्धति हो। शिक्षा निरन्तर
थप हेर्नुहोसशिक्षा ज्ञान तथा सिप सिक्ने तथा सिकाउने पद्धति हो। शिक्षा निरन्तर
थप हेर्नुहोसजिल्लाको संक्षिप्त परिचय
पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चलमा पर्ने गौतम वुद्धको क्रिडास्थल कपिलवस्तु जिल्ला २७० २५'उत्तर देखि २७० ८४' उत्तरी अक्षांश र ८२० ७५' पुर्व देखि ८३० १४ ' पुर्वी देशान्तरका वीचमा अवस्थित छ । कूल क्षेत्रफल १७३८०० हेक्टर अर्थात करीव १७३८ वर्ग कि.मी.रहेको यो जिल्लाको पुर्वमा रुपन्देही, पश्चिममा दाङ,दक्षिणमा भारत तथा उत्तरमा अर्घाखाँची जिल्ला पर्दछ ।
उत्तरमा चुरेपर्वतको श्रृंखलामा पर्ने चार कोषे झाडी र दक्षिणमा तर्राईको समथर भूमी तथा अनेकौं नदी नाला र अमूल्य वन सम्पदा तथा वन्य जन्तु प्रसस्त पाइने यो जिल्ला धार्मिक ऐतिहासिक एवं पुरातात्विक दृष्टिले पनि महत्वपुर्ण मानिन्छ । यस जिल्लाको घरधुरी संख्या ८२५९८ छ भने जम्मा जनसंख्या ४९८३८६ रहेको घरधुरी र्सर्वेक्षण ०६५ ले देखाएको छ ।